global ime bank Long Banner Ad

गृहपृष्ठ काभ्रेमा आयाेजित निःशुल्क स्वास्थ्य शिविरमा ६५ जनाको मोतिविन्दुको शल्यक्रिया

काभ्रेमा आयाेजित निःशुल्क स्वास्थ्य शिविरमा ६५ जनाको मोतिविन्दुको शल्यक्रिया

काभ्रेमा आयाेजित निःशुल्क स्वास्थ्य शिविरमा ६५ जनाको मोतिविन्दुको शल्यक्रिया

पुरानो बानेश्वर टोलबासी संस्थाको सहकार्य र काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिकाको आयोजनामा घुसेवी शिवालय प्राथमिक अस्पताल चौरी देउरालीमा निःशुल्क आँखाको स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

जेठ २१ गतेदेखि २४ गतेसम्म संचालत उक्त निःशुल्क आँखा शिविरमा तिलगंगा आँखा अस्पतालबाट डाक्टर, नर्सको टोलीसहित प्राविधिक सहयोगबाट ६५ जना महिला पुरुषहरुको निःशुल्क आँखाको मोतिविन्दुको अपरेशन गरेका थिए । उक्त शिविरमा अस्पतालबाट निःशुल्क औषधी वितरण गरेको थियो ।

निःशुल्क स्वास्थ्य शिविरमा आयोजकले टाढा टाढाबाट आउने विरामीहरुको लागि बस्ने, खाने खानाको समेत व्यवस्था गरिएको थियो । जटिल उपचारका लागि विरामीहरुलाई तिलगंगा आँखा अस्पतालमा रिफोर गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित समय : २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु