global ime bank Long Banner Ad

गृहपृष्ठ एफपीओ ल्याउने तयारीमा हिमालयन बैंक, प्रतिकित्ता १६९ हुने

एफपीओ ल्याउने तयारीमा हिमालयन बैंक, प्रतिकित्ता १६९ हुने

एफपीओ ल्याउने तयारीमा हिमालयन बैंक, प्रतिकित्ता १६९ हुने

हिमालयन बैंकले एफपीओ निष्कासन गर्ने भएको छ । सो निष्कासनको लागि बैंकले प्रक्रिया अगाडि बढाएको छ।

धितोपत्र बोर्डमा बैंकले एफपीओ निष्कासनको लागी निवेदन दिदै अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा हिमालयन बैंकले १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ६९ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १६९ रुपैयाँमा एफपीओ बिक्री खुला गर्नेछ।

बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ। हिमालयन बैंकको एफपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

प्रकाशित समय : १९:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु