global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस कास्कीले सार्वजनिक गर्यो ‘पोखरा फर चेन्ज’ अवधारणा

कांग्रेस कास्कीले सार्वजनिक गर्यो ‘पोखरा फर चेन्ज’ अवधारणा

कांग्रेस कास्कीले सार्वजनिक गर्यो ‘पोखरा फर चेन्ज’ अवधारणा

पोखरा । पोखराको समावेशी, दीर्घकालीन र दिगो विकासका लागि नेपाली कांग्रेस कास्कीले तयार पारेको ‘पोखरा फर चेन्ज: भिजन, भ्यालु एन्ड भ्वाइस’ शीर्षकको अवधारणा पत्र आज सार्वजनिक गरिएको छ ।

आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त दस्तावेज पोखरालाई सुशासन, नवप्रवर्तन र समावेशी योजनामार्फत आधुनिक शहरको रुपमा विकास गर्ने उद्देश्यले तयार गरिएको हो ।

नेपाली कांग्रेस कास्कीका अनुसार यो अवधारणा पत्र कुनै पार्टीगत घोषणापत्र नभई पोखराका नागरिक, युवा र विज्ञहरुको सुझाव तथा सरोकारमा आधारित साझा सपना भएको जनाएको छ ।

पोखराको दीर्घकालीन रूपान्तरणका लागि गरिएको यस अध्ययनमा देश(विदेशमा रहेका ५३५ जना सहभागी भएका थिए । तीमध्ये २५० जना भौतिक अन्तरक्रिया मार्फत, १२७ जना अनलाइन फारम, ८२ जना मेसेन्जर र ७६ जना इमेलमार्फत सहभागी भएका थिए ।

कांग्रेस कास्कीले प्रस्तुत गरेको अवधारणा पत्रमा पोखराको विकासलाई पूर्वाधार र सौन्दर्यीकरणमा मात्रै सीमित नगरी सुशासन, मानव पूंजी र प्रविधिमा आधारित योजनाहरुमा जोड दिइएको छ ।

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु