global ime bank Long Banner Ad

गृहपृष्ठ इंग्ल्यान्डविरुद्ध पहिलोपटक अफ्रिकी देश सेनेगलको जित

इंग्ल्यान्डविरुद्ध पहिलोपटक अफ्रिकी देश सेनेगलको जित

इंग्ल्यान्डविरुद्ध पहिलोपटक अफ्रिकी देश सेनेगलको जित

सेनेगलका चेक साबालीले सिटी रंगशालामा घरेलु टोली इंग्ल्यान्डविरुद्ध इन्जुरी टाइममा गोल गरेर नयाँ इतिहास कोरे । सेनेगलको राष्ट्रिय टोलीमा यो नयाँ कीर्तिमान बन्यो ।

प्रशिक्षक पापे थियावको टोलीले इंग्ल्यान्डविरुद्ध ३–१ को पुनरागमन जित निकालेको थियो । यो कुनै पनि अफ्रिकी मुलुकले इंग्ल्यान्डविरुद्ध निकालेको पहिलो जित हो । यसअघि २२ पटकसम्म अफ्रिकाका कुनै पनि मुलुकले इंग्ल्यान्डविरुद्ध जित निकाल्न सकेका थिएनन् ।

इंग्ल्यान्डका प्रशिक्षक टुचेलको टोलीका लागि ह्यारी केनले सुरुवाती अग्रता दिलाए । तर, यो अग्रता लामो समय जोगाउन नसक्दा पाहुना टोलीले नतिजा आफ्नो पक्षमा ल्यायो ।

साबालीले तेस्रो गोल गर्नुअघि सेनेगलका स्माइला सार र हाबिब डाइराले समान एक गोल गरेका थिए ।

जितको हर्ष व्यक्त गर्दै कप्तान कालिडोउ कौलीबालीले भने, “यो रात रोमाञ्चक रात हो । आज केही विशेष गर्न सक्छौँ भन्ने हामीलाई विश्वास थियो । खेल प्रतिस्पर्धात्मक बनेको थियो । तर, हामीले आफ्नो स्तर देखायौँ ।”

कौलीबालीले उक्त जितलाई सेनेगलले जितेको सन् २०२२को अफ्रिका कपको उपाधिसँग तुलना गरे ।

“हामी निकै कम इतिहास बनाउँछौँ । यसअघि हामीले एफकोनको उपाधि जितेर इतिहास रचेका थियौँ । अहिले यहाँ पनि इतिहास बनायौँ । हामी सेनेगलको निरन्तर कथा लेख्न चाहन्छौँ,” उनले भने ।

सेनेगल सन् २०२४ को जनवरीदेखि अपराजित छ । टोली पछिल्लोपटक सन् २०२३ मा सम्पन्न अफ्रिका कप अफ नेसन्सको अन्तिम–१६मा आइभोरी कोस्टसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

सोही वर्षको डिसेम्बरमा थाइवले टोलीको जिम्मेवारी सम्हालेका थिए । उनको प्रशिक्षणमा टोलीले दुई जित र दुई बराबरी खेलेको छ ।

 

प्रकाशित समय : १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु