global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सम्भवत आज र भोली मै संसद खुल्छ : मन्त्री गुरुङ

सम्भवत आज र भोली मै संसद खुल्छ : मन्त्री गुरुङ

सम्भवत आज र भोली मै संसद खुल्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्ष बीच वृहत छलफल चलिरहेको बताएका छन् । बुधबार मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सम्भवत आज र भोली मै संसद खुल्ने धारणा राखेका हुन् ।

उनले गृहमन्त्रीको राजीनामा माग गर्नु प्रतिपक्षी दलको अर्थहिन विषय भएको भन्दै एउटा कर्मचारीले गरेको कार्यमा सबै मन्त्रीले राजीनामा दिने स्थीति आउछ भने सरकार चलायमान हुन गाह्रो हुने बताए ।‘अख्तियारले एउटा कर्मचारी माथी कारवाही सुरु गरेको हो । एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिदै जाने हो भने देखि सरकार नै चल्दैन,’मन्त्री गुरुङले भने, ‘गृहमन्त्रीको राजीनामा आउदैन भनेर मैले त्यो बेला नै भनेको थिए । अहिले जसरी संसद अवरुद्ध भइरहेको छ सत्ता पक्ष र प्रतिपक्ष बिचमा लामै छलफल चलिरहेकोछ । अब आज भोलीमा सम्भवत संसद खुल्ने सम्भावना पनि छ ।’

गृहमन्त्रीले राजीनामा दिने कुरा नहुने बताउदै उनले संसदीय छानविन समिति के बनाउने र कसरी बनाउने भन्ने विषय महत्वपुर्ण रहेको बताए । ‘हाम्रो म्यान्डेड के हो भने मन्त्रीले ती सबै उठीरहेका प्रश्नहरुको विषयमा आफ्नो धारणा राख्ने, प्रतिपक्षले संसद खोलेर सहयोग गर्नुपर्छ,’ उनले भने ।
त्यस्तै, पत्रकार सम्मेलनमा समाजिक सञ्जालमा चर्चामा रहेको एमाले कार्यकर्ताको झोले अभियानबारे मन्त्री गुरुङले सकारात्मक धारणाले बुझिदिन अनुरोध गरे । जनताको भावना समेटेको झोला बोक्ने एमाले कार्यकर्ताले गर्व गर्नु पर्ने उनको तर्क छ ।

प्रकाशित समय : १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु