global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर, भक्तपुर नगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र बासुकला, काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने मोरङ रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने धनुषा सबैला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा छन् ।

पक्राउ परेकामध्ये रवीन्द्रले क्यानडा पठाइदिन्छु भन्दै एकजनाबाट पाँच लाख ६० हजार रुपैयाँ तथा लक्ष्मण र अरुणले युके पठाइदिन्छु भन्दै ३८ जना पीडितबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भन्ने पीडितको उजुरीको आधारमा उनीहरू पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रवीन्द्रलाई भक्तपुर नगरपालिका–२ ब्यासीबाट सोमबार तथा लक्ष्मण र अरुणलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट आइतबार पक्राउ गरेको हो ।

प्रकाशित समय : २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु