गृहपृष्ठ तेस्रो पटक पनि राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीकै पोल्टामा
तेस्रो पटक पनि राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीकै पोल्टामा

गोरखामा सम्पन्न भएको १६ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीले हात पारेको छ । यससँगै गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीले लगातार तेस्रो पटक जितेको हो ।
आज सम्पन्न प्रतियोगितामा २७ स्वर्ण, १० रजत र ११ कास्य पदक जित्दै कास्की विजेता भएको हो । विजेता कास्कीले शिल्ड र कप पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेर म्याग्दी दोस्रो, १० स्वर्ण, १० रजत र १० कास्य पदक जितेर बाग्लुङ तेस्रो भएको छ । ७ स्वर्णसहित ५ रजत र ४ कास्य जितेर गोरखा चौथो र ६ स्वर्ण, १४ रजत र १२ कांस्य जितेर नवलपुर पाँचौँ बनेको छ ।
यस्तै ४ स्वर्ण, ६ रजत र १० कास्य पदक जित्दै लमजुङ छैटौँ, २ स्वर्ण ६ रजत र १७ कास्य पदक जितेर तनहुँ सातौँ, २ स्वर्ण, ४ रजत र ७ कास्य पदक जितेर स्याङ्जा आठौँ, १ स्वर्ण, ३ रजत र ७ कास्य जितेर पर्वत नवौँ बनेको छ ।
भलिबल र कबड्डी (महिला-पुरूष) गोरखा नगरपालिका–६ स्थित हरमटारी खेलमैदानमा, तेक्वान्दो र कराँते खेल कभर्ड हलमा सम्पन्न भएका थिए । त्यस्तै एथलेटिक्स र उसु खेल गोरखा नगरपालिका–१० छेपेटारस्थित खेलमैदानमा सञ्चालन भएको थियो ।
प्रकाशित समय : २०:४५ बजे