global ime bank Long Banner Ad

गृहपृष्ठ कालो बेसारले जगायो किसानमा आशा, प्रतिकिलो १५०० रुपैयाँमा बिक्री

कालो बेसारले जगायो किसानमा आशा, प्रतिकिलो १५०० रुपैयाँमा बिक्री

कालो बेसारले जगायो किसानमा आशा, प्रतिकिलो १५०० रुपैयाँमा बिक्री

संखुवासभा- औषधीय गुणले युक्त र उच्च बजार मूल्य भएको कालो बेसारले नेपाली किसानहरूमा नयाँ आशा जगाएको छ। संखुवासभाकी एक कृषकले प्रतिकिलोग्राम १५०० सम्ममा कालो बेसार बिक्री गर्न थालेपछि “औषधिको राजा” उपनामले चिनिने यो जडीबुटीको खेती र व्यापारप्रति आकर्षण बढेको हो।

पहाडी जिल्ला संखुवासभाकी कृषक सोनु भोटेले रैथाने कृषि हाटबजारमा कालो बेसार बिक्री गर्दै आएकी छिन्। यो मूल्य सामान्य पहेँलो बेसारको तुलनामा कैयौं गुणा बढी हो। सुरुमा बजार पाउन गाह्रो भए पनि अहिले आयुर्वेदिक कम्पनी र सचेत उपभोक्ताबाट माग आउन थालेको उनी बताउँछिन्।

“धेरैले कालो बेसार यति महँगोमा बिक्री हुन्छ भन्दा पत्याउँदैनन्, उडाउँछन्,” सोनु भन्छिन्, “हामी अहिले व्यापारभन्दा पनि यसलाई चिनाउने प्रयासमा छौं र केही मात्रामा खेती पनि विस्तार गर्दैछौं।” उनको यो प्रयासले कालो बेसारको महत्व र सम्भावनालाई उजागर गरेको छ।

विज्ञहरूका अनुसार, पहेँलो बेसारभन्दा कैयौं गुणा बढी ‘कर्क्युमिन’ नामक तत्व पाइने कालो बेसार क्यान्सर प्रतिरोधी, श्वासप्रश्वास सम्बन्धी समस्या, पाचन प्रणाली सुधार र दुखाइ कम गर्न अत्यन्तै प्रभावकारी मानिन्छ।

नेपालको हावापानी कालो बेसार खेतीका लागि उपयुक्त मानिन्छ र यसको अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग छ। यदि गुणस्तरीय उत्पादन, प्रशोधन र बजारीकरणमा ध्यान दिने हो भने कालो बेसार नेपालका लागि एक महत्वपूर्ण निर्यातजन्य वस्तु बन्न सक्ने र किसानको आयस्तरमा उल्लेख्य सुधार ल्याउन सक्ने सम्भावना छ।

प्रकाशित समय : ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु