गृहपृष्ठ राष्ट्रपति ट्रम्पविरुद्ध क्यालिफोर्नियाका गभर्नरले मुद्दा हाल्ने
राष्ट्रपति ट्रम्पविरुद्ध क्यालिफोर्नियाका गभर्नरले मुद्दा हाल्ने
अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन्।
क्यालिफोर्नियाको लस एन्जलस सहरमा जारी आप्रवासी प्रदर्शन रोक्न ट्रम्पले आफ्नो अनुमतिबिना राष्ट्रिय गार्ड तैनाथ गरेको भन्दै उनले ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्ने भएका हुन्।
एक्समा नुस्सामले लेखेका छन्, ‘डोनाल्ड ट्रम्प यही चाहन्थे। उनले आगो लगाउन उक्साए र गैरकानुनी रूपमा राष्ट्रिय गार्ड तैनाथ गरे। उनले हस्ताक्षर गरेको आदेश क्यालिफोर्नियामा मात्र लागु हुँदैन।’
‘यसले उनलाई कुनै पनि राज्यमा गएर त्यही काम गर्न अनुमति दिनेछ। हामी उनलाई मुद्दा हाल्दै छौँ।’
प्रकाशित समय : ११:१३ बजे



















