global ime bank Long Banner Ad

गृहपृष्ठ गर्मी बढेपछि विद्यालयमा दुई दिन बिदा

गर्मी बढेपछि विद्यालयमा दुई दिन बिदा

गर्मी बढेपछि विद्यालयमा दुई दिन बिदा

अत्यधिक गर्मी बढेपछि बेलौरी नगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असर परेको भन्दै आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो ।

नगरप्रमुख पोतिलाल चौधरीले बर्खे बिदाबाट मिलान हुने गरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको बताए। गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ । गर्मीले रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् ।

प्रकाशित समय : ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु