global ime bank Long Banner Ad

गृहपृष्ठ महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

भारतको महाराष्ट्र राज्यमा अत्यधिक भीड भएको लोकल रेलको यात्राका क्रममा यात्रुहरू रेलबाट खस्दा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएका छन्।

उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेशन नजिकै भएको हो, जुन मुम्बई शहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ।

रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू एकअर्कासँग नजिकैबाट गुडिरहेकै समयमा दुवै रेलका ढोकामा झुण्डिएर यात्रा गरिरहेका यात्रुहरू आपसमा ठोक्किएका थिए, जसका कारण केही यात्रु रेलबाट खसेका थिए।

स्वास्थ्य अधिकारी कैलास पवारका अनुसार, “घटनामा १३ जना घाइते भएका थिए, जसमध्ये चार जनाको दुःखद निधन भएको छ। गम्भीर घाइतेहरूको विशेष उपचार भइरहेको छ। अहिले सात जना छत्रपति शिवाजी महाराज अस्पतालमा भर्ना छन्।”

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु