global ime bank Long Banner Ad

गृहपृष्ठ लाओसविरुद्ध खेल्दै नेपाल

लाओसविरुद्ध खेल्दै नेपाल

लाओसविरुद्ध खेल्दै नेपाल

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज एएफसी एसियन कप क्वालिफायरमा लाओसविरुद्ध खेल्दै छ ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । नेपाल यसअघि पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको थियो । लाओस पनि पहिलो जितको खोजीमा छ । लाओसले पहिलो खेलमा भियतनामसँग ५–० को हार व्यहोरेको थियो ।

नेपालले यसअघि छनोटको तयारीका निम्ति हङकङसँग एक मैत्रीपूर्ण फुटबल खेलेको थियो । उक्त खेलमा नेपालले हङकङलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोकेको थियो ।

लाओसको न्यु लाओस राष्ट्रिय रंगशालामा यो खेल नेपाली समयानुसार बेलुका ५ः४५ बजे सुरु हुनेछ ।

प्रकाशित समय : १०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु