global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालयन बैंकको ३१ हजार कित्ता संस्थापक शेयर बिक्री खुला

हिमालयन बैंकको ३१ हजार कित्ता संस्थापक शेयर बिक्री खुला

हिमालयन बैंकको ३१ हजार कित्ता संस्थापक शेयर बिक्री खुला

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ३१ हजार २३७ कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । यसअघि बैंकले संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यो शेयर बिक्रीमा राखेको थियो।

तर तोकिएको अवधिसम्म बैंकका कुनै पनि संस्थापक शेयरधनीबाट यस शेयर खरिदका लागि निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

यस शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानून तथा शेयर विभागमा निवेदन दिनु पर्नेछ।

प्रकाशित समय : १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु