global ime bank Long Banner Ad

गृहपृष्ठ महानगरको रोजगार मेला अवलोकन गर्न बालेनको आग्रह

महानगरको रोजगार मेला अवलोकन गर्न बालेनको आग्रह

महानगरको रोजगार मेला अवलोकन गर्न बालेनको आग्रह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले निजी क्षेत्र, साझेदार तथा सरोकारवालाहरूलाई महानगरले आयोजना गरेको रोजगार मेलाको अवलोकन गर्न आग्रह गरेका छन् । उद्यमी बनेर देशमै आय आर्जन गर्ने, रोजगार क्षेत्रमा गएर उत्कृष्ट सेवा गर्ने अभिलाषा लएका प्रशिक्षार्थीहरू सिप मेलाका कक्षाहरूमा मिहिनेत गरेर सिप सिकिरहेको उल्लेख गर्दै उनले यसको अवलोकनको लागि आग्रह गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत सिप मेला सञ्चालन गरिरहेको छ । गएको आर्थिक वर्षबाट सुरु भएको मेला अहिले दोस्रो संस्करणमा चलिरहेको हो।

यसअन्तर्गत १५ हजार व्यक्तिलाई सिपमूलक तालिम दिइने प्रमुख शाहले जानकारी दिए । तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आबद्ध गराउने महानगरको लक्ष्य राखिएको छ ।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु