गृहपृष्ठ सभामुखसँग प्रमुख सचेतकहरूको छलफल जारी
सभामुखसँग प्रमुख सचेतकहरूको छलफल जारी
सभामुख देवराज घिमिरेसँग प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको छलफल जारी छ।
सदनको गतिरोध अन्त्यका विषयमा सत्तारुढ दल र विपक्षी दलहरूले सदन खुलाउने विषयमा छलफल गरेलगत्तै सभामुखले छलफलमा बोलाएका हुन्।
छलफलमा सत्तारुढ दलका मुख्यसचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायत छन्।
प्रकाशित समय : १८:३६ बजे


















