काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

1.38K
shares

 

रूसले युक्रेनको राजधानी किएभमा गरेको आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले शुक्रबार बताएका छन् ।

आक्रमणमा २० जना घाइते भएको जनाइएको छ । रूसले रातभर युक्रेनमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । “पटक पटक रूसी युएभी र ब्यालेस्टिक मिसाइलको सिकार भएका किएभका उद्धारकर्ताहरूले सहरबाट प्रतिक्रिया दिइरहेको छन्,” युक्रेनको आपतकालीन सेवाले टेलिग्राममार्फत दिएको जानकारीमा उल्लेख छ ।

किएभका नगर प्रमख भिटाली क्लिट्स्कोले राजधानीमा भएको घटनाको पुष्टि गर्दै घाइते मध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको बताए। आक्रमणका कारण आवासीय भवन, पूर्वाधारलगायत संरचना क्षतिग्रस्त भएका छन् भने ठाउँठाउँमा आगलागी भएको छ ।

युक्रेनको राष्ट्रिय रेलवे सञ्चालकले रेल सेवा ढिलाइ हुने चेतावनी दिँदै आक्रमणले किएभ क्षेत्रमा रेल मार्गहरू क्षतिग्रस्त भएको उल्लेख गरेको छ । पश्चिमी युक्रेनको लुत्स्क सहर र टेर्नोपिल क्षेत्रमा पनि थुप्रै आक्रमणहरू भएका छन् ।