global ime bank Long Banner Ad

गृहपृष्ठ कर्णालीको पर्यटन प्रवर्द्धनका लागि खेलकुद प्रतियोगिता

कर्णालीको पर्यटन प्रवर्द्धनका लागि खेलकुद प्रतियोगिता

कर्णालीको पर्यटन प्रवर्द्धनका लागि खेलकुद प्रतियोगिता

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा खेलकुद प्रतियोगिता हुने भएको छ । यही जेठ २४ गते राष्ट्रियस्तरको महिला-पुरुष १० र १८ वर्षमुनिका विद्यालयस्तरीय बालबालिका सम्मिलित पाँच किलोमिटर ‘मदन भण्डारी कप खुला सडक दौड प्रतियोगिता’ हुने भएको हो ।

उक्त दौड प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमीले गर्ने भएको वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका कार्यक्रम संयोजक तेजविक्रम बस्नेतले जानकारी दिए । ‘सबैका लागि खेल’ नारासहित खेलकुदको प्रवर्द्धन र खेलाडीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

संयोजक बस्नेतका अनुसार १० किलोमिटर खुला दौड प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्नेले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन् । त्यसैगरी, विद्यालयस्तरीय पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्नेले क्रमशः २० हजार, १५ हजार, १० हजार, पाँच हजार र तीन हजार पुरस्कार पाउनेछन् ।

प्रकाशित समय : २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु