गृहपृष्ठ मन्त्री दाहालद्वारा रेलसेवाको अध्ययन र विकासबारे कोरियामा छलफल
मन्त्री दाहालद्वारा रेलसेवाको अध्ययन र विकासबारे कोरियामा छलफल
दक्षिण कोरियाको भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले त्यहाँको यातायात तथा रेलसेवा विस्तार सम्बन्धीको छलफललाई सम्बोधन गरेका छन्।
भ्रमणका क्रममा मन्त्री दाहालले कोरेल कर्पोरेसनको कार्यालयमा पुगि छलफल तथा अन्तरक्रिया गरेका हुन्। मन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलसँग त्यहाँका उच्च अधिकारीहरूले नेपालमा रेल सेवाको अध्ययन र अनुसन्धानका लागि हुने सक्ने सहकार्यका बारेमा प्रकाश पारेका थिए।
यस अघि नेपाल भ्रमणमा आएका कोरेलका अधिकारी एवम् नेपालको रेल विभाग तथा लगानी बोर्डका अधिकारीहरू बीच समेत नेपालमा रेल सेवाको विकास र अध्ययनका बारेमा छलफल भएको थियो।
यस्तै भ्रमणका क्रममा कोरियन एक्सप्रेस वे कर्पोरेसनका अधिकारीहरूसँग भेटमा आपसी हित र सहकार्यका बारेमा पनि छलफल भएको थियो। यस्तै मन्त्री दाहालसँग त्यहाँ रहेको नेपाली समुदायका प्रतिनिधिहरूले पनि छलफल गरेका छन्।
प्रकाशित समय : २०:३७ बजे



















