global ime bank Long Banner Ad

गृहपृष्ठ इसेवाको नयाँ अफर: जीवन बीमा नवीकरणमा ५० हजार उपहार

इसेवाको नयाँ अफर: जीवन बीमा नवीकरणमा ५० हजार उपहार

इसेवाको नयाँ अफर: जीवन बीमा नवीकरणमा ५० हजार उपहार

जीवन बीमाको महत्त्वलाई उजागर गर्दै सहज जीवन बीमा नवीकरण तथा प्रिमियम भुक्तानीलाई जोड दिन नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले जीवन बीमा नवीकरणमा विशेष अफर ल्याएको छ।

इसेवाबाट नेपालको कुनै पनि जीवन बीमा कम्पनीको पोलिसी नवीकरण गर्ने एक भाग्यशाली विजेताले ५०,००० रुपैयाँ प्राप्त गर्नेछन्। यसका साथै, १४ वटा जीवन बीमा कम्पनीका एक–एक जना पोलिसीहोल्डर, एजेन्ट र शाखा कार्यालयलाई पनि विशेष उपहारको व्यवस्था गरिएको छ।

जेठ १५ देखि असार ३२ सम्म चल्ने यस अफर अवधिभर, इसेवामार्फत जीवन बीमा नवीकरण गर्ने सबै प्रयोगकर्ताहरू स्वतः यो पुरस्कारका लागि योग्य हुनेछन्।

इसेवाको अनलाइन बीमा नवीकरण सुविधाको माध्यमबाट प्रयोगकर्ताहरूले कार्यालय धाउनुपर्ने झन्झट बिना नै, छोटो समयमा आफ्ना आवश्यकता अनुसार बीमा नवीकरण गर्न सक्नेछन्। यस अफर मार्फत जीवन बीमाको आवश्यकता मात्र नभएर डिजिटल माध्यमबाट भुक्तानीमा हुने सहजताको बारेमा पनि जनचेतना बढाउने इसेवाको प्रयास हो।

प्रकाशित समय : २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु