global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै

प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै

प्रदेशसभा निर्वाचन क्षेत्रलक्षित सडकअन्तर्गत दोस्रो चरणको काम हुँदै

मधेस प्रदेशमा प्रदेशसभा लक्षित सडक निर्माणअन्तर्गत दोस्रो चरणको काम सुरु हुने भएको छ । १२ अर्ब ७० करोडको लागतमा निर्माण हुने पक्की सडक निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  यहाँ ६४ प्रदेशभा निर्वाचन क्षेत्रमा दोस्रो चरणअन्तर्गत प्रतिनिर्वाचन क्षेत्र पाँच किलोमिटर सडक कालोपत्र सडक निर्माण गरिने जानकारी दिइएको छ ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले यादवले आठ जिल्लाका प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच किलोमिटरका दरले ३२० किलोमिटर सडक निर्माण हुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार डिजिटल प्रविधिमार्फत शिलान्यास गरेसँगै सडक निर्माण शुभारम्भ हुने उनले जानकारी दिए । “सडक निर्माणका लागि स्रोत सुनिश्चितता भएर निर्माणको प्रक्रिया अगाडि भइसकेको छ । ठेक्का प्रक्रिया सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालयमार्फत भइसकेको छ । सडकको निर्माणकार्य तीन वर्षभित्र पूरा गरिने छ”, मन्त्री यादवले भने ।

कुल ३२० किमी सडकमध्ये पहिलो चरणमा २०० किमी सडकको निर्माण भइसकेको मन्त्रालयका निमित्त सचिव सञ्जयकुमार साहले जानकारी दिए। अब निर्माण गरिने सडकमध्ये गाउँ क्षेत्रमा फरक र सुहाउँदो प्रविधि तथा गाउँ बाहिर स्फाल्ट प्रविधिको कालोपत्र गरिने सडकको चौडाइ साढे पाँचदेखि सात मिटरसम्म हुनेछ ।

यस्तै, आठवटै जिल्लाका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमा एक/एक वटा पक्की पुल निर्माण गरिने गरी प्रक्रिया अगाडि बढाइएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु