गृहपृष्ठ मधेश प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान
मधेश प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान
जनकपुरधाम । मधेश प्रदेशसभाको पाँचौं अधिवेशन आगामी जेष्ठ २१ गते बुधवार दिउँसो १ बजेबाट सुरु हुने भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले आज प्रदेशसभाको अधिवेशन आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले प्रेस विज्ञप्ती जारी गर्दै जेष्ठ ११ गतेको प्रदेश सरकारको निर्णय आधारमा प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी गराएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘माननीय प्रदेश प्रमुखबाट प्रदेश सरकार मन्त्रिपरिषद्को जेष्ठ ११ गतेको बैठकबाट प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम विक्रम सम्बत् जेष्ठ २१ गते बुधबार दिउँसो १ बजेबाट लागू हुने गरी मधेश प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
प्रकाशित समय : १८:२१ बजे



















