global ime bank Long Banner Ad

गृहपृष्ठ बिहीबार संघीय सरकारले बजेट ल्याउँदै, यस्तो छ कार्यसूची

बिहीबार संघीय सरकारले बजेट ल्याउँदै, यस्तो छ कार्यसूची

बिहीबार संघीय सरकारले बजेट ल्याउँदै, यस्तो छ कार्यसूची

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउँदै छ। आगामी आवको बजेट बिहीबार दिउँसो ३ बजे सार्वजनिक हुँदैछ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

बिहीबार बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

नेपालको संविधान अनुसार हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सार्वजनिक गर्दैछन् ।

 

प्रकाशित समय : १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु