global ime bank Long Banner Ad

गृहपृष्ठ युक्रेनमा रसियाको रातभर आक्रमण कम्तीमा ८ को मृत्यु

युक्रेनमा रसियाको रातभर आक्रमण कम्तीमा ८ को मृत्यु

युक्रेनमा रसियाको रातभर आक्रमण कम्तीमा ८ को मृत्यु

दीर्घकालीन युद्ध विराम सम्झौको तयारी तीब्र पारीएका समाचारहरुबिच रसियाले भने युक्रनेमाथि निरन्तर आक्रमण जारी राखेको छ।

शनिबार रातभर युक्रेनका विभिन्न भागमा रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन्।

पश्चिमी युक्रेनको खमेलनित्स्की क्षेत्रमा चार जनाको ज्यान गएको छ भने कीभ क्षेत्रमा तीन र दक्षिणी सहर मिकोलाइभमा एक जनाको मृत्यु भएको युक्रेनले जनाइएको छ। यो आक्रमण लगातार दोस्रो दिन जारी रहेको हो। यसअघि रुसी आक्रमण सुरु भएयता कीभमाथि शुक्रबार युद्य सुरु भएयताकै शक्तिशाली हमला भएको थियो।

उता, रुसी रक्षा मन्त्रालयले शनिबार राति चार घण्टाको अवधिमा मस्कोसहित विभिन्न रुसी क्षेत्रहरूमा युक्रेनले प्रक्षेपण गरेका ९५ ड्रोनहरूलाई रुसी रक्षा प्रणालीले खसालेको दाबि गरेको छ। उसले युक्रेनको आक्रमणमा कुनै मानवीय क्षति नभएको जनाइएको छ।

ड्रोन आक्रमणका कारण केही समयका लागि मस्कोका सबै विमानस्थलहरूबाट हुने उडानहरू स्थगित गर्नुपरेको पनि रसियाले जनाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेका थिए त्यसयता मस्कोले युक्रेनको करिब २० प्रतिशत भूभागमा आफ्नो पूर्ण नियन्त्रण कायम गरेको छ।

जसमा सन् २०१४ मा रूसले आफ्नो अधिनमा लिएको युक्रेनको दक्षिणी प्रायद्वीप क्राइमिया पनि पर्द छ। कीभ क्षेत्रका प्रमुख म्यकोला कालाश्निकका अनुसार रुसी आक्रमणमा किभ आसपासमा तीन जनाको मृत्यु भएको र १० जना घाइते भएका छन्। उनले सामाजिक सञ्जालमा रुसी आक्रमणपछि आगो लागेको केही घरहरूका तस्बिरहरू पनि सार्वजनिक गरेका थिए।

राजधानी कीभमा स्थानीय अधिकारीहरूले ११ जना घाइते भएको, थुप्रै स्थानमा आगलागी भएको र आवासीय भवनहरू जसमा एउटा छात्रावास पनि जलेर ध्वस्त भएको जनाइएको छ।

प्रकाशित समय : ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु