गृहपृष्ठ प्राप्त भएका अधिकारलाई सुरक्षित र संस्थागत गर्न जरुरी
प्राप्त भएका अधिकारलाई सुरक्षित र संस्थागत गर्न जरुरी
काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लामो समय संघर्ष गरेर पाएको अधिकारलाई सुरक्षित गरी संस्थागत गर्दै अगाडि बढाउनु सबैको जिम्मेवारी रहेको बताएका छन् ।
शनिबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्राप्त भएको अधिकारलाई सुरक्षित राख्ने जिम्मेवारी सबैको भएको बताएका हुन् ।
उनले भने, ‘यहाँ चै कस्तो छ भने प्राप्त भएको अधिकारलाई सुरक्षित राख्ने जिम्मेवारी हाम्रो हो । संघर्ष गरेर अधिकार त आयो अब त्यो अधिकारहरुलाई सुरक्षित गरेर संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी तपाइँहाम्रो काँधमा छ ।’
उनले अहिले नकारात्मक कुरालाई हाइलाइट गरी प्राप्त भएको कुरालाई वेवास्ता गर्ने प्रवृत्तिप्रति रहेको बताए । उनले धेरै लामो संघर्ष, त्याग र तपस्याबाट आएको व्यवस्था सबैको उपलब्धी भएको बताए ।
पूर्वमन्त्री भीमसेनदास प्रधानले संसारमा सबैभन्दा उत्कृष्ट प्रजातन्त्र र समावेशीता सहितको संविधान नेपालसँग भएको बताए । उनले संघीयता कुनै जात, धर्मको लागि नभई स्थानीय नेतृत्वको विकासको लागि भएको बताए ।
प्रकाशित समय : १९:४० बजे



















