global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

लामिछानेको बन्दी प्रत्यक्षीकरण र थुनामा राख्ने उच्च अदालतको आदेशविरुद्ध दिएको निवेदनमा सर्वोच्चले शुक्रबार बेलुका अबेर आदेश दिएको हो । थुनामा राख्ने उच्च अदालतको आदेश परिवर्तन गर्नुनपर्ने आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले बताए।

उच्च अदालत, तुलसीपुर ९बुटवल इजलास०ले थुनामा राख्न आदेश दिएलगत्तै गत २२ चैतमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यसउता उनी भैरहवा कारागारमा छन्। अब जिल्ला अदालतबाट मुद्दाको फैसलाका आधारमा मात्र उनी थुनामुक्त हुने नहुने तय हुने भएको छ।

रवि लामिछानेसँगै छविलाल जोशीलाई पनि थुनामै राख्न आदेश भएको छ।

दिउँसो चार बजे नै सुनुवाइ सकिएकोमा अस्वाभाविक ढिलाइ गरी बेलुका पौने नौ बजे सर्वोच्च अदालतले आदेश सार्वजनिक गरेको थियो।

प्रकाशित समय : २१:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु