काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पर्सामा तीन लाख ५१ हजार ६२८ मतदाताको नाम अद्यावधिक

1.53K
shares

जिल्ला निर्वाचन कार्यालय पर्सामा आर्थिक वर्ष २०८१ को चैत मसान्तसम्म मतदाता नामावली अद्यावधिक गर्नेको सङ्ख्या तीन लाख ५१ हजार ६२८ जना पुगेको छ । कार्यालयका प्रमुख अनामिका रौनियारले पर्सामा सबैभन्दा धेरै मतदाता वीरगञ्ज महानगरमा रहेको जानकारी दिए ।

“महानगरमा एक लाख ३२ हजार ३९३ जना मतदाता रहेको छ”, उनले भने, “महानगरमा पुरुष मतदाता सङ्ख्या ७५ हजार १६९ रहेको छभने महिला मतदाताको सङ्ख्या ५७ हजार २२० जना रहेका छन् ।” कार्यालयका अनुसार पछिल्लो समय महिलाहरू मतदाता नामावलीमा आफ्ना नाम राख्न इच्छुक हुँदै गइरहेका छन् ।

वीरगञ्ज महानगरमा अन्य समुदायका मतदाता सङ्ख्या भने चार जना छन् । कार्यालयका अनुसार छिपरमाई गाउँपालिकामा १५ हजार ९७२, जगरनाथपुर गाउँपालिकामा १८ हजार ६७२, धोबिनी गाउँपालिकामा १२ हजार ४२५ जना मतदाता रहेका छन् ।

पकहाँमैनपुर गाउँपालिकामा १२ हजार ५९२ जना रहेका छन् । त्यसैगरी विन्दवासिनी गाउँपालिकामा १५ हजार १८८ र सखुवाप्रसौनी गाउँपालिकामा २० हजार १४४ मतदाता छन् । कालिकामाई गाउँपालिकामा १३ हजार २८२, जिराभवानी गाउँपालिकामा १४ हजार २६४ र ठोरी गाउँपालिकामा १४ हजार ६७६ जना छन् । पटेर्वा सुगौली गाउँपालिकामा १४ हजार ३३, पर्सागढी नगरपालिकामा २२ हजार ९५१ जना मतदाता रहेका छन् ।

त्यस्तै पोखरिया नगरपालिकामा २० हजार ४३ र बहुदरमाई नगरपालिकामा पनि २४ हजार ९९३ जना मतदाता रहेका छन् । पर्सामा अन्य समुदायका १५ जना मतदाता छन् ।