global ime bank Long Banner Ad

गृहपृष्ठ छाठी दिने काम्लो बनाउने तालिम सम्पन्न

छाठी दिने काम्लो बनाउने तालिम सम्पन्न

छाठी दिने काम्लो बनाउने तालिम सम्पन्न

‘सीप सिकौँ उद्यम गरौँ, आत्मनिर्भर हौँ, रोजगारी सृजना गरौँ’भन्ने नाराका साथ ‘एक जिल्ला एक उत्पादसँग कार्यक्रम’अन्तर्गत ६० दिने रातो काम्लो बनाउने तालिम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जिल्लाका सातवटै गाउँपालिकाका महिलालाई समेट्ने गरी उक्त तालिम दिएको हो ।

तालिममा सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका १२ जना महिलाको सहभागिता रहेको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए । भण्डारीको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, दानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहलगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष सुरेश परियार, सञ्चारकर्मी, रातो काम्लो बनाउने तालिमका प्रशिक्षक, प्रशिक्षार्थीलगायतको उपस्थिति रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका निमित्त प्रमुख हिरा शर्माले बताए ।

आजै भएको समापन कार्यक्रममा उद्यम सीप विकासकर्ता हिमा गिरीले शुभकामना मन्तव्य राखेका थिए । साठी दिने रातो काम्लो बनाउने तालिमको प्रशिक्षक शर्जाङमु लामा थिए ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयले सीप सिकेर मात्र नहुने सीकोको सीप कार्यान्वयन गर्दै आयआर्जनमा उपयोग गर्नुपर्नेमा जोड दिए । स्वारोजगार बन्दै अरुलाई पनि रोजगारी सृजना गर्नसक्ने गरी आत्मनिर्भर हुनुपर्ने उनले बताए। सीप सिकेर बिर्सिने भन्दा पनि यसको निरन्तरता र बजारीकरणमा ध्यान दिनुपर्ने अदानचुली गाउँपालिकाका अध्यक्ष सिंहले बताए ।

विगतमा पनि सिकर्मी, डकर्मी, सिलाइँबुनाइलगायत तालिम सञ्चालन भएका भन्दै सीप सिकेर स्वरोजगार बनी उत्पादन गर्न नसकेका उदाहरण धेरै रहेका जिल्ला समन्वय समितिका प्रमुख शर्माले बताए । सीप सिकेर कार्यान्वयतर्फ सबै लाग्नुपर्नेमा उनले जोड दिए । स्वरोजगार बन्दै उत्पादन वृद्धि गरेमा गाउँपालिकाले बिक्री तथा बजारीकरणमा सहकार्य र समन्वय गर्ने गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित समय : १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु