गृहपृष्ठ १० महिनामा २ खर्ब १७ अर्बको निर्यात,सबैभन्दा बढी योगदान तेलको
१० महिनामा २ खर्ब १७ अर्बको निर्यात,सबैभन्दा बढी योगदान तेलको
चालू आर्थिक वर्षको १० महिनामा निर्यात बढेर २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब रुपैयाँको निर्यात भएकोमा अहिले ७२.७१ प्रतिशतले बढेको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा १ खर्ब ५२ अर्ब र ०७९/०८० मा १ खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको थियो । निर्यातमा सबैभन्दा बढी योगदान भटमासको तेल, सोयाविन तेल, पाम आयल लगायत मात्रै ९१ अर्ब ३९ करोडको निर्यात भएको छ । निर्यात हुने वस्तुमा १ अर्ब १६ करोडको चिया तथा कफी छ ।
यस्तै, तयारी पोसाक तथा कपडाजन्य वस्तु २३ अर्ब ६६ करोड रुपैयाँको छ । १० अर्ब १२ करोडको त कार्पेटजन्य वस्त नै निर्यात भएको छ । चालू आर्थिक वर्षमा आयात समेत १३.११ प्रतिशतले बढेको छ। वैशाखसम्म १४ खर्ब ७४ अर्ब रुपैयाँको आयात भएको हो ।
प्रकाशित समय : १६:३८ बजे



















