गृहपृष्ठ फौजदारी अभियोगमा सफाई पाएका शिक्षकको तलब र अन्य सुविधा नरोक्न सर्वोच्चको आदेश
फौजदारी अभियोगमा सफाई पाएका शिक्षकको तलब र अन्य सुविधा नरोक्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले फौजदारी मुद्धा लागेर निलम्बनमा परेका शिक्षकले अदालतबाट सफाई पाएमा तलब सुविधा नरोक्न आदेश दिएको छ ।
सर्वोच्च अदालतले फौजदारी मुद्धा लागेर निलम्बनमा परेका शिक्षकले अदालतबाट सफाई पाएमा तलब सुविधा पाउने भनी व्याख्या गरेको हो । अदालतले मुद्धाका कारण शिक्षहरु थुनामा रहेमा सेवा अवधि गणना हुने भनी व्याख्या गरेको हो ।
व्यक्तिहत्याको आरोपमा पक्राउ परेर मुद्धा चलेका एक शिक्षकले पुनरावेदन अदालतबाट सफाई पाएका थिए । तर, शिक्षा मन्त्रालयले सचिवस्तरीय निर्णय गरेर उनलाई थुनामा रहेको अवधिमा तलव सुविधा नदिने अनि सेवा अवधि समेत नजोडिने निर्णय गरेको थियो ।
उक्त निर्णय विरुद्ध परेको मुद्धामा सर्वोच्च अदालतले मुद्धामा सफाई पाएका अवस्थामा सबै तलब सुविधा पाउने र सेवा अवधि समेत गणना हुने भी फैसला गरेको हो ।
प्रकाशित समय : १६:०० बजे




















