global ime bank Long Banner Ad

गृहपृष्ठ एउट शोका लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयो विश्वकै महंगो शो

एउट शोका लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयो विश्वकै महंगो शो

एउट शोका लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयो विश्वकै महंगो शो

संसारको सबैभन्दा महँगो शो कुन हो र यसलाई बनाउन कति पैसा खर्च भयो वा हुनेछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ रु

यदि तपाईं २००–४०० करोड सोच्दै हुनुहुन्छ भने यहाँ रोकिनुहोस किनभने विश्वको सबैभन्दा महँगो शोका लागि ५४ हजार ७१४ करोड रुपैयाँभन्दा बढी खर्च गरिने भएको छ । यस पछि यस शोले अहिलेसम्मका सबै शो र सिनेमा निर्माणको रेकर्ड तोडेनेवाला पनि छ । । त्यसोभए हामी तपाईलाई बताउछौं संसारको सबैभन्दा महँगो शोको लागत कति छ र बजेट कति छ।

अहिलेसम्मको सबैभन्दा महँगो शो ४४० मिलियन डलरमा सम्पन्न भएको थियो र त्यो थियो ‘स्टार वार इपिशोड सातौं’ हो । तर अब यसलाई प्रतिस्थापन गर्न अर्को शो आउँदैछ, जसले बजेटको हिसाबले यसको रेकर्ड तोड्नेछ। विश्वको सबैभन्दा महँगो टिभी शो ४ अर्ब अमेरिकन डलरमा तयार हुदैँछ ।

हामी कुरा गरिरहेका छौं, ‘ह्यारी पोटर रिबुट’ को, जुन संसारको सबैभन्दा महँगो शो बन्ने भएको छ। यसको सेट बनाउन निर्माताले करोडौं रुपैयाँ खर्च गरिरहेका छन् । एक्सप्रेसको रिपोर्टका अनुसार ‘ह्यारी पोटर रिबुट’ को एक एपिसोडको लागि करिब १०० मिलियन डलर खर्च हुनेछ र जसका ६ वटा एपिसोड हुने छन् ।

यो रिपोर्टले ‘ह्यारी पोटर रिबुट’ को कुल बजेट ४।२ बिलियन डलर हुने दाबी गरिएको छ । यसअघि सबैभन्दा महँगो टिभी शो ‘लर्ड अफ द रिङ्सः द रिङ्स अफ पावर’ हो। जसको दुई सिजनको कुल बजेट १ अर्ब डलरभन्दा अलि बढी थियो । ‘ह्यारी पोटर’को नयाँ सिजनले यसलाई उछिनेको छ ।

उता, नयाँ ह्यारी पोटर सिरिजको बजेटको ठूलो हिस्सा सुटिङ र सेटमा खर्च हुने गरेको छ । त्यस शोको सुटिङका लागि सेट निर्माणमा नै १’.३ बिलियन डलर खर्च भएको द सनले जनाएको छ । पूरै नयाँ सहर निर्माण गरिएको निर्माता बनाएका छन्, जसका लागि ठूलो रकम खर्च गरिएको छ ।

जेके रोलिङको उपन्यासमा आधारित यस शृङ्खलाको लोकप्रियता विश्वभर अत्याधिक छ। नयाँ शृङ्खला थप गहन हुने बताइएको छ ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु