काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा

1.65K
shares

परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा जापान पुगेकी छन् । राजधानी टोकियोमा बुधवारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री देउवा त्यहाँ पुगेकी हुन् ।

परराष्ट्र मन्त्री देउवाले जापान बसाइँका क्रममा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुका साथै २२ तारिखमा जापानी समकक्षी इवाया ताकेसीसँग दुईपक्षिय भेटवार्ता गर्ने तालिका छ । मन्त्री राणा नेतृत्वको टोली शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।

त्यस्तै गैर आवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ पनि जापान पुगेका छन् । देउवा र श्रेष्ठलाई जापानमा एकसाथ स्वागत गरिएको छ ।

हालै सर्वोच्च अदालतबाट गठित उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष श्रेष्ठ कर्मथलो पुगेका हुन् ।

मन्त्री राणा र अध्यक्ष श्रेष्ठलाई जापानका लागि नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदी, संघको एसिया प्रशान्त क्षेत्रीय संयोजक डा.बलराम श्रेष्ठ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका अध्यक्ष नवीन निउरे तथा पदाधिकारीहरू, एनसीसी जापानका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेस जनसम्पर्क समिति जापानका सभापति रोशन केसीलगायतले नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

गत वैशाख २० र २१ गते काठमाडौँमा आयोजित एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएपछि अध्यक्ष श्रेष्ठ पहिलो पटक कर्मथलो पुगेका हुन् ।