काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

शेयरधनीलाई बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न हिमालयन लाइफको आग्रह

1.43K
shares

हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट वितरण गरिएको १४ प्रतिशत बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीको गत वर्ष फागुन ११ गते सम्पन्न १७ औँ वार्षिक साधारणसभाले उक्त बोनस शेयर पारित गरेको थियो । बोनस शेयर नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

सो साधारणसभाबाट पारित भए बमोजिम २०८१ माघ २४ गतेसम्म कायम शेयरधनीले उक्त बोनस शेयर पाउने तथा बोनस शेयरमा लाग्ने करबापतको रकम भने शेयरधनी स्वयंले नै तिर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ ।

साबिक प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्जर भएको मिति २०८० वैशाख २६ गतेअघि कायम शेयरधनीहरुले भने बोनस शेयरमा कर तिर्नु नपर्ने र सो मितिभन्दा पछि शेयर खरिद गरेका शेयरधनीको हकमा करबापत रकम जम्मा गरेपछि मात्रै बोनस शेयर हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइने कम्पनीले उल्लेख गरेको छ ।

बोनस शेयरमा लाग्ने करबापतको रकम काठमाडौंको कमलादीस्थित शाइन रेसुंगा डेभलपमेन्टमा हिमालयन लाइफ इन्स्योरेन्सको नाममा रहेको बैंक खाता नम्बर ०८७००१००६१०९०९०००००मा जम्मा गर्न सकिने कम्पनीले जनाएको छ ।