global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ निफ्रालाई हरित ऋण पत्र सार्वजनिक निष्काशन गर्न स्वीकृति

निफ्रालाई हरित ऋण पत्र सार्वजनिक निष्काशन गर्न स्वीकृति

निफ्रालाई हरित ऋण पत्र सार्वजनिक निष्काशन गर्न स्वीकृति

नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा)ले नेपालको पहिलो हरित ऋणपत्र निष्काशन गर्न सम्पूर्ण नियामक निकायको अनुमति प्राप्त गरेको छ। यस प्रकृयामा निफ्रालाई ग्लोबल ग्रीनग्रोथ इन्ष्टिच्युट र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सीको सहयोग प्राप्त भएको छ।नेपाल राष्ट्र बैंक तथा नेपाल धितो पत्र बोर्डबाट स्वीकृति जारी भएपश्चात उपरोक्त हरित ऋण पत्र अन्य केही प्राविधिक प्रकृयाहरु पूरा गरेर सार्वजनिक निष्काशन हुने अवस्थामा पुगेको हो।

उक्त ऋणपत्र ’निफ्राहरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८–८९’को निष्काशन पाँच अर्बको हुनेछ। यसले ७ वर्षको अवधि भर वार्षिक ६ प्रतिशतको दरले ब्याज प्रदान गर्ने छ ।

यो ऋणपत्र निष्काशन गर्ने क्रममा निफ्राले जीजीजीआईको सहयोगमा ग्रीन बण्ड फ्रेमवर्क तयार गरेको छ।

यो फ्रेमवर्क आईसीएमए ग्रीन बण्ड प्रिन्सिपल २०२१, द ईयू ट्याक्सोनोमी र नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी २०२४ अनुरुप तयार भएको हो। यस फ्रेमवर्कलाई सष्टेनेबल फिट्च इनले सेकेण्ड पार्टी ओपन दिँदै उत्कृष्ट रेटिङ्ग प्रदान गरेको छ।

प्रकाशित समय : १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु