global ime bank Long Banner Ad

गृहपृष्ठ सिटिजन्स बैंकद्वारा संकट मोचन विद्यालयलाई पंखा वितरण

सिटिजन्स बैंकद्वारा संकट मोचन विद्यालयलाई पंखा वितरण

सिटिजन्स बैंकद्वारा संकट मोचन विद्यालयलाई पंखा वितरण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखा सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनुषाको जनकपुरधाम गाउँपालिका–४ मा अवस्थित सो विद्यालयलाई सहयोग प्रदान गरेको हो ।

विद्यालयमा करिब एक हजार बालबालिका अध्ययन गर्दै आइरहेका छन् । विद्यार्थीहरूको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले बैंकले सो सहयोग प्रदान गरेको जानकारी दिएको छ ।

विद्यालयमा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप पंखाहरू हस्तान्तरण गरेका हुन् ।

सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा कार्यालय, १६८ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित समय : १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु