global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेको छ । बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेको हो । देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।

प्रकाशित समय : १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु