गृहपृष्ठ तेस्रो त्रैमाससम्म १५ खर्ब रुपैयाँको अन्तर–बैंक कारोबार

तेस्रो त्रैमाससम्म १५ खर्ब रुपैयाँको अन्तर–बैंक कारोबार

तेस्रो त्रैमाससम्म १५ खर्ब रुपैयाँको अन्तर–बैंक कारोबार

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा १५ खर्ब १२ अर्ब रुपैयाँ बराबरको अन्तर–बैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकलेसार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरुको १३ खर्ब ६३ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरुको १ खर्ब ४८ अर्ब ३१ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ३१ खर्ब ८६ अर्ब ४४ करोड र अन्य वित्तीय संस्थाहरुको ३ खर्ब २१ अर्ब ६० करोड गरी कुल ३५ खर्ब ०८ अर्ब ४ करोडको अन्तर बैंक कारोबार भएको थियो । यसैबीच, चालू आर्थिक वर्षको चैतमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.०० प्रतिशत रहेकोमा २०८१ चैतमा ३.०६ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० चैतमा ३.१० प्रतिशत रहेकोमा २०८१ चैतमा ३.०० प्रतिशत रहेको छ । चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.२९ प्रतिशत, विकास बैंकहरुको ८.३४ प्रतिशत र वित्त कम्पनीहरुको ९.१७ प्रतिशत रहेको छ ।

२०८० चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.५१ प्रतिशत, विकास बैंकहरुको १०.४१ प्रतिशत र वित्त कम्पनीहरुको १२.०२ प्रतिशत रहेको थियो । २०८१ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.४५ प्रतिशत, विकास बैंकहरुको ५.२२ प्रतिशत र वित्त कम्पनीहरुको ६.२४ प्रतिशत रहेको छ ।

२०८० चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.५३ प्रतिशत, विकास बैंकहरुको ७.५८ प्रतिशत र वित्त कम्पनीहरुको ८.८२ प्रतिशत कायम भएको थियो । यस्तै, २०८१ चैतमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.२२ प्रतिशत, विकास बैंकहरुको ९.५९ प्रतिशत र वित्त कम्पनीहरुको १०.४० प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १०.५५ प्रतिशत, विकास बैंकहरुको १२.१७ प्रतिशत र वित्त कम्पनीहरुको १३.३६ प्रतिशत रहेको थियो ।

 

प्रकाशित समय : १५:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु