गृहपृष्ठ अन्तराष्ट्रिय नर्सिङ दिवसः ‘एआइले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन’ डा.साविहा यासमिन

अन्तराष्ट्रिय नर्सिङ दिवसः ‘एआइले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन’ डा.साविहा यासमिन

अन्तराष्ट्रिय नर्सिङ दिवसः ‘एआइले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन’ डा.साविहा यासमिन

 

विज्ञान र प्रविधिले पछिल्लो समय विकास गरेको एआईले अन्य पेशालाई असर गरेपनि नर्सिङ पेशालाई कुनै असर गर्न नसक्ने नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डाक्टर साविहा यासमिनले बताएकी छन । आइतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा।यासमिनले स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको नर्सिङ पेशाको विकल्प नै नरहेको जिकीर गरिन।

‘बिरामीको सेवा र उपचारमा नर्सहरुको महत्वपूर्ण भूमिका हुन्छ । कुनैपनि स्वास्थ्य सेवाको म्यानेजमेन्ट सिस्टममा नर्सहरु पर्दा पछाडीका हिरो छन। बिरामीलाई यतिधेरै केयर गरिदिनुहुन्छ कि तपाईहरुको ठाउँ कुनै डाक्टरले लिन सक्दैनन् । एआइले पनि तपाईहरुको करुणा, माया र हेल्थ केयरलाई रिप्लेस गर्न सक्दैन । डाक्टरहरुको त्यत्ति खोजी हुँदैन जति नर्सहरुको हुन्छ ।’ नर्सहरुले बिरामीको लागि गर्ने स्वास्थ्य सेवा अद्भुत रहेको भन्दै उनले भनिन । डा.यासमिनले नर्सहरुलाई आमाको संज्ञा दिँदै बिरामीको स्वास्थ्य हेरचाहमा नर्सहरुले गर्नुभएको योगदानलाई प्रत्येक बिरामीहरुले धन्यवाद दिनुपर्ने पनि बताउनु भयो । ‘नर्सहरुको काममा कसैसँग तुलना हुन सक्दैन । बिरामीले डाक्टरलाई जसरी धन्यवाद भनेर जानुहुन्छ त्यसरी नै नर्सहरुलाई पनि भन्नुपर्छ ।’

प्रबन्ध निर्देशक डा. यासमिनले हेल्थ केयर सिस्टममा डाक्टहरु मस्तिष्क भए नर्सहरु मुटु रहेको जिकीर गरिन । ८० प्रतिशत बिरामीहरु नर्सहरुको स्याहारका कारण निको भएर घर जान सकेको बताउँदै जुनदिन नर्स हुँदैनन् त्यही दिन हेल्थकेयर सिस्टम विश्वबाट कोल्याप्स हुने उनको दावी छ । ‘८० प्रतिशत बिरामीहरु तपाईहरुका कारण घर गइरहनु भएको छ । जुनदिन नर्सहरु हुनुहुन्न त्यो दिन विश्वभरबाट हेल्थकेयर सिस्टम कोल्याप्स हुन्छ ।’ नेपाल मेडिकल कलेज नर्सिङ सेवालाई सवल, प्रभावकारी बनाउन सदैव सकारात्मक रहेको बताइन । कलेजले नर्सहरुको क्षमता अभिबृद्धि गर्नका लागि कलेजले समयसमयमा तालिमहरु दिने समेत बताइन ।

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा.मोदनाथ मरहठ्ठाले प्रत्येक नर्सहरुले आफुलाई फ्लोरेन्स नाइटेङ्गल बनाउन प्रेरित हुनुपर्ने बताए । फ्लोरेन्स नाइटेङ्गलले विश्वकै स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको स्मरण गर्दै आइसियूको सुरुवात पनि फ्लोरेन्स नाइटेङ्गलकै अवधारणा रहेको चर्चा गरे । कलेजको स्वास्थ्य सेवामा नर्सहरुले पुर्याउनु भएको योगदानको प्रसंशा गर्दै प्रा.डा.मरहठ्ठाले नर्सहरुको पेशागत हित र व्यवसायिक दक्षता अभिबृद्धिमा कलेज सदैव प्रतिबद्ध रहेको उल्लेख गरे।

कलेजका अस्पताल निर्देशक प्रा.डा.निलमणी उपाध्यायले नर्सहरुप्रति समर्पित कविता वाचन गर्दै नर्सहरुले बिरामीको उपचार र स्याहारमा

कलेजकी मेट्रोन नविना सिंहले सरकारले नर्सिङ शिक्षाको विकास, विस्तार र प्रवर्द्धनमा काम गर्नुपर्ने बताइन । विश्वभर नर्सहरूको माग भइरहेको बेला सरकारले नर्सिङ कलेज बन्द गर्दा दक्ष जनशक्ति अभाव भइरहेको जनाउँदै बन्द भएका कलेज खोल्नुपर्ने उनको धारणा थियो । मेट्रोन सिंहले नर्सिङ पेशा व्यवसायिक भन्दा पनि मानव सेवाभाव भएको बताइन ।

कार्यक्रममा नेपाल मेडिकल कलेजका विगत १५ वर्षदेखि कार्यरत २९ जना नर्सहरुलाई सम्मान समेत गरिएको थियो । कलेजकी प्रबन्ध निर्देशक डा.साविहा यासमिन, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले सम्मान गरेकी थिइन ।

अन्तराष्ट्रिय नर्सिङ डेकै अवसरमा कलेजका कार्यरत नर्सहरुले आकर्षक नृत्यसँगै गीत समेत प्रस्तुत गरेका थिए भने नाटक मार्फत नर्सिङ केयरकी जन्मदाता फ्लोरेन्स नाइटेङ्गलको जीवनी प्रस्तुत गरेका थिए । साथै, कलेजमा उपचाररत करिब २ सय बिरामीहरूलाई फलफुल समेत वितरण गरिएको छ ।

 

प्रकाशित समय : १०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु