global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपालमा पहिलो पटक राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविर हुदैँ

नेपालमा पहिलो पटक राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविर हुदैँ

नेपालमा पहिलो पटक राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविर हुदैँ

काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रसेवा शक्तिसाधना नशामुक्ति शिविरको आयोजना हुने भएको छ ।

देशलाई नशामुक्त बनाउने लक्ष्य लिएको भगवती मानव कल्याण संगठनले नेपालमा निःशुल्क नशामुक्ति शिविरको आयोजना गरेको हो ।

शिविर आगामी जेठ २ र ३ गते काठमाडौ स्थित पशुपति मन्दिर परिसरको पार्किङ ग्राउण्डमा हुने आयोजक भगवती मानव कल्याण संगठनले जानकारी दिएको छ ।

कार्यक्रमको पहिलो दिन विहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको छ । यस्तै दिउँसो २ बजेदेखि ५ बजेसम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुनेछ । यस्तै साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुनेछ ।

यस्तै कार्यक्रमको दोश्रो दिन विहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुनेछ । साथै शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिनेछ । नशाको लत साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने एवम् ठुलो बिमारीमा सहायक सिद्ध हुने शक्तिजल शिविरमा निशुल्क प्राप्त गर्न सकिने छ ।

भगवती मानव कल्याण संगठन एक जनकल्याणकारी आध्यात्मिक संगठन हो जसले समाजमा नशामुक्त, मांशाहार मुक्त, चरित्रवान् चेतनावान्, परोपकारी एवम् पुरुषार्थी समाज निर्माणका साथ जातिभेद, छुवाछुत जस्ता सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ ।

संगठनले नशामुक्ति अभियान ‘नशामुक्त नेपाल समृद्ध नेपाल’ अन्तर्गत ५ हजार भन्दा अधिक व्यक्तिहरुलाई नशामुक्त बनाइसकेको छ भने गत श्रावणबाट शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षारोपण अभियान एक वृक्ष–राष्ट्रको नाममा आम जनसमुदायको सहयोगमा जारी रहेको छ ।

प्रकाशित समय : १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु