काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अफगानिस्तानमा ‘थालासेमिया’ रोग बाट पीडित बालबालिकाको सङ्ख्यामा वृद्धि, सरकारद्वारा सहयोगको अपील

1.14K
shares

अफगानिस्तानमा ‘थालासेमिया’ रोग भएका जम्मा पाँच हजार ३७२ जना बालबालिका दर्ता भइसकेको स्वास्थ्य सेवाका उपमन्त्री मावलावी अब्दुल वली हक्कानीले बताएका छन ।

थालासेमिया एक आनुवंशिक रक्त विकार हो, जसमा शरीरले पर्याप्त मात्रामा स्वस्थ हेमोग्लोबिन उत्पादन गर्न सक्दैन । हेमोग्लोबिनले रगतमा अक्सिजन बोक्ने कार्य गर्छ र यसको कमीले एनीमिया (रक्तअल्पता) को समस्या उत्पन्न हुन्छ ।

थालासेमिया मुख्य रूपमा दुई प्रकारको हुन्छ । अल्फा र बेटा र यो बंशानुगत रूपमा आमाबुबाबाट सन्तानमा सर्छ । यस रोग भएका व्यक्तिहरूमा थकान, कमजोर शरीर, पीलो छाला, तथा हड्डी र अङ्गहरूको विकृति देखिन सक्छ र गम्भीर अवस्थामा नियमित रगत चढाउने आवश्यकता पर्न सक्छ ।

स्वास्थ्य मन्त्रालयले केही प्रान्तहरूमा परीक्षण केन्द्रहरू स्थापना गरेर यी बिरामीहरूको उपचारको व्यवस्था गरेको र सरकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहयोग गर्न आग्रह गरिरहेको छ ।

थालासेमिया रोग भएका गरिब परिवारका बालबालिकाले अफगानिस्तानमै उपचार गर्न सक्दैनन् ।