गृहपृष्ठ ‘एमगज’ नामक हात्तीले दुःख दिएको गुनासो
‘एमगज’ नामक हात्तीले दुःख दिएको गुनासो

रौतहटको चन्द्रपुर नगर क्षेत्रमा ‘एमगज’ नामक जङ्गली हात्तीले घरटहरा तथा खेतीबारी क्षती पुर्याएको छ ।
चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा यस हात्तीले प्रायः दैनिक जसो क्षती पुर्याउने गरेको छ । जङ्गली हात्तीले जुडिबेलाका कमलबहादुर विक, बद्री कार्की, उमेश थापा, प्रदीप बम्जन, शुक्र पुलामी लगायतको घरटहरा भत्काइसकेको छ ।
हात्तीले गैडाटार क्षेत्रको साइँला गोले, बोम्जन साइँला, मीना राई लगायतको घरटहरा भत्काइसकेको छ भने खेतीबारी क्षती पुर्याएको चन्द्रपुर नगरपालिका–वडा नं ३ वडाअध्यक्ष बोधनाथ देवकोटाले बताए ।
उनका अनुसार हात्तीले केरा खेतीमा बढी क्षती गरेको छ । झयस क्षेत्रमा केहि महिना अघि घाइते अवस्थामा हात्ती देखिएको थियो । उनले भने, ‘पटक पटकको उपचारपछी अहिले निको भएको हुन सक्छ ।’
हात्तीको दाया खुट्टामा गहिरो घाउँ हुँदा हिड्डुल समेत राम्रो सग गर्न नसक्ने अवस्थामा थियो उनले भने । राष्ट्रिय प्रकृती संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र बन्यजन्तु प्राबिधिक तीर्थ लामाको टोलिले दुई पटक घाईते हातीको उपचार गरेपछि निको भएको हुन सक्ने उनको भनाइ छ । तर स्थानीयले भने हात्तीलाई नियन्त्रणमा लिएर अन्यत्र स्थानतरण गर्ने माग गर्दै आएका छन .
प्रकाशित समय : १८:४२ बजे