global ime bank Long Banner Ad

गृहपृष्ठ राप्ती हाइड्रोलाई हकप्रद सेयर निष्कासनको अनुमति

राप्ती हाइड्रोलाई हकप्रद सेयर निष्कासनको अनुमति

राप्ती हाइड्रोलाई हकप्रद सेयर निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले राप्ती हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीलाई हकप्रद शेयर बिक्री गर्न स्वीकृति दिएको छ ।

बिहीबार कम्पनीलाई एक बराबर एकको अनुपातामा हकप्रद शेयर निष्कासनका लागि विवरणपत्र प्रकाशन गर्न स्वीकृति दिएको बोर्डले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ छ । जसको १ः१ को अनुपातमा हुनेगरी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्ने स्वीकृति पाएको हो ।

कम्पनीले हकप्रद शेयर जारी गर्न यसअघि नै मुक्तिनाथ क्यापीटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयरमार्फत पूँजी संकलन गरी निर्माणाधीन आयोजना सम्पन्न गर्न, कर्जा भुक्तानी तथा कार्यशील पूँजी व्यवस्थापनमा खर्च गर्ने लक्ष्य राखेको बताइएको छ।

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु