global ime bank Long Banner Ad

गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको ८६ हजार ४७४ कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्न इच्छुकले १५ दिन भित्रमा आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिनुपर्ने हुन्छ ।

यसअघि शेयर खरिदका लागि ३५ दिनको समय दिएर बैंकका संस्थापक शेयरधनीहरुबाट निवेदन माग गरिएको थियो । तर, संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदनपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको हो।

प्रकाशित समय : १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु