global ime bank Long Banner Ad

गृहपृष्ठ कर्जा प्रवाह घट्दा बैंकहरुको लागत बढ्न थाल्यो

कर्जा प्रवाह घट्दा बैंकहरुको लागत बढ्न थाल्यो

कर्जा प्रवाह घट्दा बैंकहरुको लागत बढ्न थाल्यो

पछिल्लो समय बैंकमा निक्षेप थुप्रिने तर कर्जा माग नहुने समस्या छ । जसका कारण बैंकहरुको लागत बढ्नथालेको छ । कर्जा प्रवाह नबढ्दा बैंक तथा वित्तीय संस्थाहरुको लागत बढेको सहजै हनुमान गर्न सकिन्छ ।

तरलताको अवस्था झल्काउने सूचकको रुपमा रहेका बैंकहरुको कर्जा निक्षेप अनुपात पछिल्लो एक वर्षयता नै ८० प्रतिशत हाराहारीमा छ। नेपाल राष्ट्र बैंकका अनुसार हाल यस्तो अनुपात घटेर ७९.२० प्रतिशतमा आइपुगेको छ ।सामान्यतया यस्तो रेसियो ९० प्रतिशतसम्मलाई राम्रो मानिन्छ।

राष्ट्र बैंकका अनुसार कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा माथि भने पुग्नुहुँदैन।गएको एक वर्षयता तरलता बैंकहरुमा अधिक हुँदा यस्तो रेसियो ८० प्रतिशतभन्दा तल नै रहँदै आएको छ। वैशाख लागेयता बैंकहरुको तरलता बढ्दै गएको छ ।

तरलता अधिकको अवस्था सिर्जना भएसँगै बैंकहरु सस्तो ब्याजमै राष्ट्र बैंकमा पैसा जम्मा गर्दै लागत घटाउनेतर्फ लागेका छन् । बैंकहरुको तरतला बढ्दै जाँदा न्यूनतम दरमै पनि राष्ट्र बैंकमा निक्षेप जम्मा गर्नेको संख्या बढ्नथालेको छ ।

राष्ट्र बैंकले यही वैशाख १७ गते ५० अर्ब निक्षेप माग गरेकोमा २६ वटा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ७ अर्ब बराबरको निक्षेप राख्न बोलकबोलमा सहभागी भएका थिए ।

गत वर्षको तेस्रो त्रैमासको तुलनामा चाल्र आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १२.४२ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह ७.१६ प्रशितशतले मात्रै वृद्धि भएको छ।

प्रकाशित समय : १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु