global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ गणेश थापामाथी रोक लगाए पछि प्ले कार्ड बाेकेर प्रदर्शन

गणेश थापामाथी रोक लगाए पछि प्ले कार्ड बाेकेर प्रदर्शन

गणेश थापामाथी रोक लगाए पछि प्ले कार्ड बाेकेर प्रदर्शन

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुर्व अध्यक्ष गणेश थापामाथी रोक लगाए पछि प्ले कार्ड बाेकेर प्रदर्शन गरेका छन् ।

धुलिखेलमा सुरू भएकाे एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई रोक लगाइए पछि प्लेकार्ड प्रदर्शन गरिएकाे हाे ।

‘बुवा यही धुलिखेलमा हुनुहुन्छ, भित्र प्रवेश गर्न दिइएको छैन, ’ उनका छोरा अभिषेकले भने, ‘अदालतको आदेश देखाउँदा पनि प्रवेश गर्न दिइएको छैन ।’

थापा आफ्ना समर्थकसहित धुलिखेलको साधारणसभामा भाग लिन पुगेका छन् । उनका अनुसार भित्र प्रवेश नदिए पछि पुर्व अध्यक्ष थापा सभास्थल बाहिर बसेका छन् ।

फिफाको १० बर्षे प्रतिबन्ध फुकुवा भए पछि उनी पहिलो पटक एन्फाको साधारणसभामा सहभागी हुन लागेका हुन् । उच्च अदालत पाटनको आदेश बोकेर जाँदा पनि एन्फा पदाधिकारीले उनलाई प्रवेश गर्न नदिए पछि धुलिखेलको माहौंल यतिखेर गर्मागर्मी भएको छ।

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु