गृहपृष्ठ माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो
माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो
माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा ५०.४५ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ५०.४५ प्रतिशतले बढेको हो ।
कम्पनीले चैत मसान्तसम्म ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८७ करोड १ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीले बिमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ । विद्युत बिक्रीको आम्दानी बढेको, बिमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो ।
प्रकाशित समय : ११:१२ बजे




















