global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

भोलि शनिबार सदरमुकाम खलङ्गा बजारमा आयोजना हुने जुम्ला–रारा अल्ट्रा म्याराथन ५९१ जना धावक सहभागी हुने भएका छन् ।

कर्णाली स्पोर्ट क्लबले आज यहाँ पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणको दौडको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । क्लबका अध्यक्ष सरोज शाहीले ५१ किलोमिटर दौडमा स्वदेशी ७४, पोल्याण्ड अमेरिका र फ्रान्सका एकएक तथा भारतका दुई जना धावक सहभागी हुने बताए ।

पाँच किमी दौडतर्फ कर्मचारीतर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दूरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट दुई जना गरी कूल ५९१ जना धावक प्रतियोगितामा सहभागी हुने जानकारी उनले दिए ।

म्याराथनका लागि २८ लाख विनियोजन गरिएको जानकारी दिँदै अध्यक्ष शाहीले प्रतियोगिताका माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु