global ime bank Long Banner Ad

गृहपृष्ठ कोटिहोममा आज स्वामीदेखि हास्य कलाकार सम्मको उपस्थिति रहने

कोटिहोममा आज स्वामीदेखि हास्य कलाकार सम्मको उपस्थिति रहने

कोटिहोममा आज स्वामीदेखि हास्य कलाकार सम्मको उपस्थिति रहने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शुक्रबार साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ ।

कोटिहोममा भारतको हरियाणा बाट  श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै छन् ।

कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आउने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

उनीहरूसँगै आजै नै पोखरेली चेली चर्चित गायिका समीक्षा अधिकारीसँगै लोकदोहोरी गायिका पार्वती जिसीको पनि उपस्थिति रहनेछ जसले आज कोटिहोम सङ्गीतमय हुनेछ ।

शुक्रबार नै टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी सहित १५ जना विशिष्ट व्यक्ति  र १ सय जना विद्यार्थी स्वयंसेवीको रूपमा कोटिहोममा आउँदैछन् ।

कोटिहोममा यही वैशाख २७ गते शनिबार १ हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ ।  उक्त अवसरमा तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको ढकालले जानकारी दिए ।

संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई बिहान १० बजे सम्मान गर्ने तयारी भएको छ ।

शनिवार चर्चित लोकगायक पशुपति शर्मा,  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन तथा विशेष साड्डीतिक कार्यक्रम र आइतबार लोकदोहोरी गायिका अस्मिता डल्लाकोटिको प्रस्तुति रहने छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित समय : ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु