global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल

समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल

समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली जनतालाई खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताएका छन।

राष्ट्रिय युवा संघ नेपालको पोखरामा आगामी जेढ ९ देखि ११ गतेसम्म हुने दशौ महाधिवेशनको पूर्व सन्ध्यामा आज पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै उनले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताए ।

नेकपा एमालेले पार्टीका सवै तहमा युवालाई आरक्षणको व्यवस्था गर्दै अघि बढाई रहेको बताउँदै उनले यसबाट नयाँ चिन्तन भएका युवा पुस्ताको विकास हुने विश्वास व्यक्त गरे । कृषिलाई आधुनिक एवम् प्रविधिमैत्री बनाउँदै युवा वर्गको आकर्षण बढाउनु पर्नेमा उनको जोड थियो ।

मुलुकमा राजनीतिक अस्थिरताको कारण विकास निर्माणले गति लिन नसकेको उल्लेख गर्दै महासचिव पोखरेले भने देशलाई अव राजनीतिक स्थायित्वको दिशामा अघि वढाउन राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक छ ।

मुलुकको समग्र विकासको पक्षमा उभिएको कारण अहिले एमाले माथि चौतर्फी आक्रमण भएको वताउँदै उनले एमाले सरकारमा आएपछि रोकिएका विकास निर्माणका काम अघि वढेको बताए ।

सुचना तथा सञ्चार प्रविधि मन्त्री एवम् नेकपा एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङले युवाले राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक लगायतका क्षेत्रमा अग्रसरता देखाउँदै नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताए।

सरकारका प्रवक्ता समेत रहेका उनले मुलुक मौलाएको व्यथितिको अन्त्यका लागि दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार मुलुकमा सुशासन सहित विकास निर्माणमा जुटेको बताए।

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को निती तथा कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपाली संकल्पलाई अघि बढाएको बताउँदै उनले उक्त अभिभारा पुरा गर्न युवा वर्ग सचेत र जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिए । युवा वर्ग उद्यमशिल बन्नु पर्नेमा उनको जोड थियो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् जन संगठन प्रमुख भानुभक्त ढकालले युवा शक्ति संगठित र संयमित भएर पार्टी निर्माणमा जुट्नु पर्नेमा जोड दिंदै कार्य मुल्याङ्कन र क्षमताका आधारमा पार्टीको जिम्मेवारी दिइने बताए । जनवर्गीय संगठनलाई चुस्त र दुरुस्त बनाउँदै मिसन ८४ पार्टीलाई वहुत ल्याउने तयारीमा जुट्न आग्रहण गरे।

नेकपा एमाले केन्द्रिय सदस्य एवम् युवा संघ नेपालका इञ्चार्ज राजिव पहारीले पर्यटकीय राजधानी पोखरामा हुन गैरहेको दशौ राष्ट्रिय महाधिवेशन भव्य र सभ्यरुपमा सम्पन्न गर्न सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

सुशासन, समृद्धि, राष्ट्रियता, नविनता, सिर्जनशिलता र गतिशिलता भन्ने नारा सहित आगामी जेठ महिनाको ९ देखि ११ गतेसम्म पोखरामा हुन गहिरेको दशौ राष्ट्रिय महाधिवेशनमा एक हजार ७९२ जना प्रतिनिधिको सहभागिता रहने युवा संघ नेपालका केन्द्रीय अध्यक्ष थितिज थेवेले जानकारी दिए ।

कार्यक्रममा संघ केन्द्रिय उपाध्यक्ष प्रकाश गौतम र महासचिव सुमन पुरीले विशेष गरि महाधविेशन संगठन सुदृढिकरण, जववायु परिवर्तन र उद्यमशीलता एवम् उत्पादनलाई जोड दिनमा केन्द्रित रहने बताए । अधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित समय : २१:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु