गृहपृष्ठ भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। बिहीबार बिहान उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनाई नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त भएको भारतीय प्रहरीले जनाएको छ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका बताइएको छ।  सेना, प्रहरी, विपद् व्यवस्थापन टोली, एम्बुलेन्स र राजस्व टोलीहरू घटनास्थलमा पुगिरहेका छन्।

हेलिकप्टर गंगोत्री जाँदै थियो। हेलिकप्टर एक निजी कम्पनीको भएको र त्यसमा सात जना सवार रहेको बताइएको छ।

प्रकाशित समय : ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु