global ime bank Long Banner Ad

गृहपृष्ठ दराज नेपालद्वारा ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा

दराज नेपालद्वारा ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा

दराज नेपालद्वारा ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा

अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानकोघोषणा गरेको छ। ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका बिभिन्न उत्पादनहरूमा दैनिक फ्ल्याश सेलमार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सकिने छ ।

साथै, बेस्ट प्राइस ट्यागसहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ। यदि कुनै ग्राहकले सोही उत्पादनलाई नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा निर्धारित भन्दा सस्तो मूल्यमा फेला पार्नुहुन्छ भने, सम्बन्धित सर्तहरू पुरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिनेबताएको छ ।

 

प्रकाशित समय : १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु